हुसाडेक नेपालको ३० औ बार्षिकोत्सव तथा २९ औ साधारण सभा सम्पन्न

हुसाडेक नेपालको ३० औ बार्षिकोत्सव तथा २९ औ साधारण सभा सम्पन्न

मिति २०८० बैशाख २८ गतेको दिन हुसाडेक नेपालको ३० औ बार्षिकोत्सव तथा २९ औ साधारण सभा हाम्रो बहुमुखी पाठशाला धनकुटाको हलमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष श्री सरोजकुमार भुजेलको अध्यक्षतामा संचालन भएको औपचारिक कार्यक्रममा प्रमुख अतित्थ्यता पूर्व सांसद माननिय श्री गोपाल गुरागाँईले गर्नु भएको थियो भने अतिथिहरु संस्थाका पूर्व अध्यक्ष श्री खेमनाथ घिमिरे संस्थाका आजीवन सदस्य एवम् जेष्ठ सदस्य पदम कुमार चेमजोङ्ग तथा राजकुमारी चेमजोङ्ग रहनु भएको थियो ।
प्रमुख अतिथि पुर्व सांसद माननिय श्री गोपाल गुरागाईँले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नु भयो भने हुसाडेक नेपालका उपाध्यक्ष श्री कृष्णगोविन्द अधिकारीले शब्दको माध्यमवाट सवैमा स्वागत गरेका थिए ।
कार्यक्रम संचालक संस्थाका सचिव खेमराज थापाले गरेका थिए ।
संस्थाले एक आर्थिक बर्ष भित्र सम्पन्न गरेका क्रियाकलाप तथा सांगठानिक गतिविधिहरुमा आधारित कार्यक्रमिक तथा सांगठानिक प्रतिवेदन संस्थाका महासचिव श्री मुकुन्द अधिकारी लाई प्रस्तुत गर्नुका साथै आगामी प्रस्तावित क्रियाकलापहरुको बारेमा प्रस्तुत गरेका थिए भने संस्थाका कोषाध्यक्ष श्री कल्पी पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै ंआगामी क्रियाकलापका लागि संस्थागत प्रस्तावित वजेट पेश गरेका थिए ।
प्रस्तुत गरिएको दुवै प्रतिवेदन र आगामी क्रियाकलापहरु सभावाट पास गर्दै प्रमुख अतिथि गोपाल गुरागाई तथा अतिथिहरु राजकुमारी चेम्जोङ्ग, सीताराम गौतम र खेमनाथ घिमिरेले ं३० औ बार्षिक उत्सवको अवसरमा शुभकामना मन्तब्यहरु राखेका थिए ।
अन्तमा संस्था अध्यक्ष श्री सरोजकुमार भुजेलले साधारण सभा तथा वार्षिक उत्सव सफल वनाउन सहयोग पु¥याउनु हुने सवैमा धन्यवाद ज्ञापन सहित सभा समापन गरेका थिए ।