ट्याबले ल्याएको परिवर्तन

ट्याबले ल्याएको परिवर्तन

धनकुटा १० डुम्रेसान्नेमा रहेको मार्गादेवि प्राथमिक विद्यालयको र त्यहाँ रहेका विद्यार्थीहरुको आ-आफ्नै स्वभाव र विशेषता छ। वर्डल एजुकेसन, ह्यान्डिक्याप इन्टरनेशनलको प्राविधिक सहयोग यूयस आइडिको आर्थिक सहयोग र स्थानिय साट्टेदार संस्था मानव अधिकार सामाजिक सचेतन विकास केन्द्र (हुसाडेक नेपाल) को सहजिकरणमा सबैका लागि पदाई कार्यक्रम मार्फत स्रोत कक्षाका विद्यार्थीहरुको दैनिकि पहिले भन्दा धेरै नै राम्रो सकारात्मक रुपमा परिर्वतन भइरहेको छ । विभिन्न शैक्षिक सामाग्रीहरु र मोबाइल ट्याबलेट मार्फत विद्यार्थीहरु सिकाइका निम्ति एकदमै जागरुक देखिएका छन् ।


सबैका लागि पदाई कार्यक्रम मार्फत वितरण गरिएका ट्यावलेटहरुले गर्दा विद्यार्थीहरुले बाहिरी ज्ञानका कुराहरु सिक्न थप मदत पुगेको छ । पाठ्यपूस्तकमा मात्रै ध्यान दिनुपर्ने किताबका कुराहरु लेख्न र पद्न जाने तापनि अन्य विविध कुराहरु सिक्न विभिन्न कथाहरु, कविताहरु सुन्न रेडियो कार्यक्रम मार्फत बालगीतहरु सुन्न आफुले पनि त्यसै गरी कविताहरु भन्न र कथाहरुले दिने सन्देशहरुबाट पनि आफ्ना नकारात्मक कुराहरु त्यागी सकारात्मक हुन र पद्न पनि थप उत्साहित भएका छन् । राक्षसलाई खुवाउ जस्ता एप्सहरुबाट इ.सि.डि. मा अध्ययनरत बालबालिकाहरुलाई क,ख, चिन्नमा A,B,C,D जान्नमा र छिटै बुझ्नका निम्ति पनि धेरै सहयोग भइरहेको छ । सुरुसुरुमा मेरो संकेत एप्सबाट पनि सिकाई एकदमै धेरै सहज भइरहेको थियो ।


नेपाली वर्णमाला आफै खोलेर बाह्खरी निकाली सुन्ने, अ, आ सिक्ने, १२ भन्न सिक्ने, विभिन्न चित्रहरु बनाउन प्रयास गर्ने । चित्रको माध्यमबाट सिक्नमा थप सहयोग भइरहेको र आफुले सिकेका कुराहरु क,ख १,२ त्यहाँ लेख्ने, विभिन्न जीव जनावरहरुको नाम भन्न सिक्ने र आवाजहरु प्हिचान गर्दै त्यसको नामहरु बताउन सक्ने भएका छन् । बालबालिकाहरु बिहानी र बेलुकीको समयमा ट्याबलेटको भरपुर प्रयोग गरि धेरै ज्ञान आर्जन गरिरहेका छन् । विद्यालय छु¤ीको समयमा पनि खेलेरै दिन बिताउने बच्चाहरु अहिले पद्न र ट्याबमा सिक्न तर्फ र एकअर्कासँग मिलेर बस्न र मिलेर एकअर्कालाई सिकाउँदै ट्याबलेट चलाउन साथीसाथी मिलेर गृहकार्य गर्न थालेकोमा खुसी भएको कुरा उक्त विद्यालयका प्रधानध्यापक यज्ञ बहादुर दाहालले उत्साहित भई बताउनु भयो ।


सुमित्रा अधिकारी