धनकुटा । मानवअधिकार, सामाजिक सचेतन र विकास केन्द्र (हुसाडेक), नेपाल को ३२औँ साधारण सभा तथा १६औँ अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ।
अधिवेशनबाट अध्यक्षमा श्री खेमराज थापा, उपाध्यक्षमा श्री मुकुन्दप्रसाद अधिकारी, महासचिवमा श्री रमेशचन्द्र अधिकारी, सचिवमा श्री रोशी राई, र कोषाध्यक्षमा श्री कल्पी पौडेल चयन हुनु भएको छ । त्यस्तै सदस्यहरूमा श्री प्रमिला भूजेल र श्री महाप्रसाद रिजाल चयन हुनु भएको छ ।
अधिवेशनका लागि श्री खेमनाथ घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । साथै सो अवसरमा मानव अधिकार एलायन्सका केन्द्रीय अध्यक्ष श्री विदुर सुवेदी र कोशी प्रदेश अध्यक्ष श्री निलबहादुर थापालाई सम्मान गरिएको थियो ।
साधारण सभाको वन्दसत्रले महासचिव श्री मुकुन्दप्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष श्री कल्पी पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको थियो । उद्घाटन कार्यक्रमकाे समद्घाटन मानव अधिकार एलायन्सका केन्द्रीय अध्यक्ष श्री विदुर सुवेदीज्यूले दीपप्रज्वलन गरेर गर्नुभएको थियो ।




