तीन दशकको अनुभवलाई संस्थागत गर्दै हुसाडेक नेपालको पाँचवर्षे रणनीतिक योजना निर्माण सुरु

तीन दशकको अनुभवलाई संस्थागत गर्दै हुसाडेक नेपालको पाँचवर्षे रणनीतिक योजना निर्माण सुरु

२०८३ साउन ३० गतेदेखि मानव अधिकार, सामाजिक सचेतना तथा विकास केन्द्र (हुसाडेक) नेपाल धनकुटाले आगामी पाँच वर्षका लागि संस्थाको रणनीतिक योजना निर्माण प्रक्रिया अघि बढाएको छ। संस्थाको तीन दशक लामो अनुभवलाई संस्थागत गर्दै बदलिँदो सामाजिक परिवेश र समुदायका नयाँ आवश्यकता सम्बोधन गर्ने उद्देश्यले वि.सं. २०८८ सालसम्मको नीतिगत तथा दीर्घकालीन कार्यदिशा तय गर्न रणनीतिक योजना निर्माण थालिएको हो। संस्थामा लामो अनुभव हासिल गरेका अग्रज तथा सरोकारवालासँगको छलफल र अन्तरक्रियामार्फत रणनीतिक योजना निर्माण कार्य अघि बढाइएको छ।