हुसाडेक नेपालको अध्यक्षमा खेमराज थापा चयन

हुसाडेक नेपालको अध्यक्षमा खेमराज थापा चयन

मानवअधिकार, सामाजिक सचेतन र विकास केन्द्र (हुसाडेक), नेपाल को ३२औँ साधारण सभा तथा १६औँ अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा श्री खेमराज थापा, उपाध्यक्षमा श्री मुकुन्दप्रसाद अधिकारी, महासचिवमा श्री रमेशचन्द्र अधिकारी, सचिवमा श्री रोशी राई, र कोषाध्यक्षमा श्री कल्पी पौडेल चयन हुनु भएको छ । त्यस्तै सदस्यहरूमा श्री प्रमिला भूजेल र श्री महाप्रसाद रिजाल चयन हुनु भएको छ । अधिवेशनका लागि श्री खेमनाथ घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो । साथै सो अवसरमा मानव अधिकार एलायन्सका केन्द्रीय अध्यक्ष श्री विदुर सुवेदी र कोशी प्रदेश अध्यक्ष श्री निलबहादुर थापालाई सम्मान गरिएको थियो । साधारण सभाको वन्दसत्रले महासचिव श्री मुकुन्दप्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष श्री कल्पी पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको थियो । उद्घाटन कार्यक्रमकाे समद्घाटन मानव अधिकार एलायन्सका केन्द्रीय अध्यक्ष श्री विदुर सुवेदीज्यूले दीपप्रज्वलन गरेर गर्नुभएको थियो ।